दफा १३
निर्यात गर्नुपर्ने
(१) अनुमतिपत्रवालाले विशेष आर्थिक
क्षेत्रमा स्थापना भएको उच्चोगले उत्पादन सुरु
गरेको मितिले चार वर्षसम्म उत्पादनको
कम्तीमा पन्ध्र प्रतिशत र त्यसपछिका वर्षमा
उत्पादनको कम्तीमा तीस प्रतिशत वस्तु वा
सेवा निर्यात गर्नु पर्नेछ।
“तर काबु बाहिरको परिस्थिति परी निर्यात गर्न असमर्थ भएको अवस्थामा उद्योगले प्राधिकरणको पूर्वस्वीकृति लिई त्यस्तो परिस्थिति परेको अवधिभर अनुमति पाएको परिमाण नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्नेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “काबु बाहिरको परिस्थिति” भन्नाले उधोग र निकासी कार्यमा प्रतिकूल प्रभाव पर्ने गरी भएको युद्ध, बाढी, डुवान, भूकम्प, महामारी, आगलागी, औधोगिक दुर्घटना जस्ता विपद्जन्य परिस्थिति सम्झनु पर्छ र सो शब्दले निर्यात गर्ने मुलुकको व्यापारिक नीतिमा परिवर्तन भएको कारणले निर्यातमा प्रतिकूल असर परी निर्यात गर्न नसकिने अवस्थालाई समेत जनाउँछ।
(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले तीन वर्षभित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम आफूले उत्पादन गरेको कुनै वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्ने भएमा त्यस्तो वस्तु वा सेवा बिक्री गर्नु अगाडि तोकिएका कुराहरु खुलाई सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम नेपालको आन्तरिक बजारमा वस्तु वा सेवाको बिक्री गर्ने अनुमतिपत्रवालालार्इ त्यस्तो वस्तु वा सेवा बिक्री गरेको परिमाणको हदसम्म यस ऐन बमोजिमको कर छुट तथा सुविधा प्रदान गरिने छैन।